रुपन्देहीमा रहेर विभिन्न पक्षहरूमा समाजसेवा र देशसेवामुलक कार्य गर्दै आइरहेका भुर्तुङ्गेली युवाहरूले आफ्नै लगानी र आफूहरूले नै कर्जा प्रवाह गर्ने गरी "सिद्ध कालिका सहकार्य संस्था" को स्थापना गरेका छन्/

      गुल्मी-भुर्तुङ्ग(छापचौर)जन्मस्थान भएका यी युवाहरूले रुपन्देहीमा लगायत का विभिन्न जिल्लामा रहि विभिन्न क्षेत्रमा आफ्नो योगदान दिँदै आएको सर्वविदितै छ। "छापचौरको लगानी,छापचौर कै हितमा" भनेर व्यापक छलफल गरे पश्चात यो संस्थाको स्थापना भएको कुरा यस सस्थाका अध्यक्ष श्री सन्तोष पौड्याल ले जानकारी दिनु भएको छ/ गत कार्तिक १० गते गठन भएको तदर्थ समिति लगायत १७ जना संस्थापक सदस्य रहने गरि उक्त संस्था अघि बढ्ने कुरा पनि उहाले अवगत गराउनु भएको छ/ 





       त्यसै गरी सो "सिद्ध कालिका सहकार्य संस्था " मा हाल ६७ जना सेयर सदस्य पुगेको संस्था का उपाध्यक्ष श्री  फट्टीक  के सी ले जानकारी गराउनु भएको छ/ र सेयर सदस्य लाई क्रमश बढाउदै लैजाने अनि यहि आगामी मङ्सिर ५ गते पुनः बैठक बसी ६ गते बाट लगानी प्रवाह गरिने कुरा यस संस्थाक कोषाध्यक्ष श्री टीका सुबेदीले जानकारी गराउनु भएको छ/