
बिमस्टेक सम्मेलनका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे बताइरहेको बेला हतियारसहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो तीनकुनेबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु गुन्डागर्दीमा संलग्न व्यक्ति भएको परिसर स्रोतको दाबी छ । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
‘एवान रेस्टुरेन्टबाट उनीहरूलार्इ पक्राउ गरिएको हो’, परिसरका प्रमुख एसएसपी वसन्त लामाले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान थालिएको छ ।’
यसअघि अाइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका थिए ।
0 Comments